एमालेको पालिका अधिवेशनले प्रतिनिधिसभा बैठक सर्‍यो

काठमाडौं । एमालेको पालिका अधिवेशनका कारण प्रतिनिधिसभाको बैठकको मिति दुई दिनपछि सारिएको छ ।

कार्तिक ९ गते बोलाइएको प्रतिनिधिसभाको बैठकका दिन एमालेको पालिका अधिवेशन परेकोले ११ गते बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्दैछ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक कार्तिक ११ गते दिउँसो २ बजे बैठक बोलाउनु भएको छ ।

Back to top button