सिरियामा सेना लक्षित बिस्फोट, कम्तिमा १३ जना मारिए

काठमाडौं । आज बिहान सिरियाको राजधानी दमास्कसमा एक फौजी बसलाई निशाना बनाएर गरिएको बिस्फोटमा कम्तिमा १३ जना मारिएका छन् ।

सिरियाको सरकारी मिडियालाई उदृत गदै अन्तराष्ट्रिय समाचार संस्थाहरुले मृतकको संख्या अझै धेरै हुनसक्ने जनाएका छन । दमास्कसको जिसर अल–रईस पुलमा बसलाई लक्षित गदै दुई वटा बिस्फोटक उपकरणमार्फत् ‘आतंकवादी’ हमला गरिएको थियो ।

घटनास्थलमा भेटिएको अर्को बिस्फोटक उपकरणलाई भने सिरियाली सेनाले नष्ट गरेको थियो ।संयुक्त राष्ट्रका अनुसार सिरियाको गृहयुद्धमा पछिल्लो १० वर्षमा कम्तीमा ३५०,००० जना मारिएका छन् ।

Back to top button