प्रदेश १ मा विद्युत सेवा अवरुद्ध

विराटनगर । अविरल वर्षाका कारण प्रदेश १ का विभिन्न क्षेत्रका प्रसारण लाइनमा क्षति पुगेसँगै विद्युत् सेवा अवरुद्ध बनेको छ । निरन्तरको वर्षासँगै दुहबी ग्रिड सेक्सनमा पानी जमेपछि प्रदेशमा विद्युत् सेवा अवरुद्ध बनेको हो ।

नेपाल विद्युत् प्राधिकरण प्रदेश १ का निर्देशक राजन ढकालका अनुसार विद्युत् सेवा सुरु हुन अझै समय लाग्ने छ । अन्य स्थानमा पनि समस्या देखिएको छ ।

समस्या समाधान गरिसकेर मात्रै विद्युत् सेवा सुरु हुने र यसकालागि केहि समय लाग्ने ढकालले बताउनुभयो । मौसम अनुकुल भने भोलिसम्म बिद्युतसेवा सुरुहुने गरि जनशक्ति परिचालन गरिएको जानकारी दिदै उहाँले फेरी वर्षा भए समस्या हुने बताउनुभयो ।

प्रदेश १ मा एक ग्रिड सेक्सन, एक क्षेत्रीय कार्यालय र १८ वटा वितरण शाखा छन् । भने ६ लाख ८२ हजार आठ सय ८९ सेवाग्राही छन् ।

Back to top button