नेकपा एमाले स्थायी कमिटी बैठक भोलि बस्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक भोलि बस्ने भएको छ ।

अविरल वर्षाका कारण भएको जनधनको क्षति, विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन र राष्ट्रिय महाधिवेशन लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक भोलि दिउसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ ।

Back to top button