मुख्य प्रशिक्षक अलमुताइरी नेपाल फर्कने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पुनः नेपाल फर्किने हुनुभएको छ ।

भर्खरै सम्पन्न साफ च्याम्पियनसीपको फाईनल खेल अधि प्रशिक्षक अलमुताइरीले भारतसंगको फाइनल खेल नेपाली टिमसंग आफ्नो अन्तिम खेल हुने घोषणा गर्दै नेपाल नफर्कने बताउनुभएको थियो ।

यद्यपी आज मात्र फिफाले आयोजना गरेको फ्युचर अफ फुटबल भिडियो कन्फरेन्समा उहाँले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुभएको छ ।

आजै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समेत अलमुताइरीसँग भेट गरेको फोटो सामाजिक संजालमा राख्दै नेपाल फर्किने संकेत गर्नुभएको छ । ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।

यस्तै एन्फा महासचिव इन्द्रमान तुलाधरले पनि अलमुताइरीको सम्झौता अझै बाँकी रहेको भन्दै बिदामा जानुभएको र फर्कने बताउनुभयो । उहाँका अनुसार अलमुताइरीसंगको सम्झौता २०२२ मार्च सम्म रहेको छ । अलमुताइरीले यसअघि पनि राजीनामा दिने भन्दै सामाजिक सञ्जालमा लेखेर विवादमा आउनुभएको थियो ।

 

Back to top button