सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्ला

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) खुल्ला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ ।

कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।

त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ता शेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन । सर्वसाधारण लगानीकर्ताले कार्तिक ४ देखि शेयरमा ८ गते सोमबारसम्म आईपीओमा आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम् २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारणले मेरो शेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Back to top button