राष्ट्र बैंकको निर्देशनपछि बैंकले घटाए निक्षेपको ब्याज

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले ब्याजदर घटाएका छन् । एकाएक बैंकहरुले निक्षेपको ब्याजदर प्रतिष्पर्धात्मक ढंगले बृद्धिगरेपछि नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएको थियो ।

कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११ दशवमल ६७ प्रतिशत पुर्‍याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९दशवमल३६ प्रतिशत तोकेको छ ।

यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९दशवमल३६ प्रतिशत ब्याजदर तोकेका छन् । नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९दशवमल३६ प्रतिशत तोकेका छन् ।

यसैगरी, नेपाल एसबीआईले ९दशवमल४१ तथा नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी समान बैंकले ९दशवमल३५ रुपैयाँ ब्याज तोकेका छन् । सनराईज बैंकले ९दशवमल०६, सानिमाले ९दशवमल०६, प्रभुले ८दशवमल५७, राष्ट्रिय वाणिज्यले ८दशवमल३६, सिटिजन्सले ८दशवमल८, कृषि विकासले ८दशवमल८५, तोकेका छन् ।

Back to top button