प्राकृतिक प्रकोप पिडितको उद्धार र राहतमा सम्बन्धित निकायको ध्यान पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक प्रकोप पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरण र वेपत्ता भएकाहरुको खोजीकार्यमा राज्यका संयन्त्रहरुलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा यस्तो विश्वास ब्यक्त गरिएको उल्लेख छ । विज्ञप्तिमा अविरल वर्षाका कारण धानबालीमा र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न समेत आग्रह गरिएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले सम्‍पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्‍यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गर्नुभएको छ । उहाँले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन समेत नागरिकहरुलाई सचेत हुन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति

Back to top button