कात्तिक ७ गतेदेखि बालबालिकालाई भिटामिन–ए खुवाइदै

काठमाडौं । यहि कात्तिक ७ गतेदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाइदै छ । ६ महिनादेखि ५ वर्षमुनिका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारि गरिएको छ ।

हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउँदै आएको भिटामिन ‘ए’ यस वर्ष दसैँका कारण केही दिन ढिलो भएको हो । सोही अवसरमा बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ ।

Back to top button