फेसबुकको नाम फेरिदै

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।

फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला सोसल मिडिया साइट फेसबुकले नाम बदल्न लागेको हो ।

यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिटै नै फेसबुकले आफ्नो कर्पोरेट नाम फेर्ने बताइएको छ ।

त्यो सँगै फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्नेछ ।

पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । कम्पनीको नयाँ ब्यानरभित्र अन्य प्रडक्टहरुसँगै सोसल साइट फेसबुकको एप पनि रहनेछ ।

फेसबुकले पछिल्लो समय स्मार्ट चश्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजार भन्दा धेरै कर्मचारी खटाइसकेको छ । फेसबुकलाई मेटाभर्स कम्पनीको रुपमा स्थापित गरिने कम्पनीका प्रवक्ताको भनाई छ ।

Back to top button