प्रदेश खेलकुद विकास बोर्ड सक्रिय,मोरङ खेलकुद विकास समितिमा कोइराला

विराटनगर । केही दिन अघि मात्रै गठन भएको प्रदेश खेलकुद विकास बोर्ड सक्रिय बनेको छ । बोर्ड सक्रिय भएसँगै एकै पटक १४ जिल्लाकै खेलकुद विकास समितिका अध्यक्ष उपाध्यक्ष नियुक्त गरेको छ ।

हिजो बसेको बोर्डको बैठकले प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र उपाध्यक्ष नियुती गरेको थियो । नियति भएकाहरूलाई आज एक कार्यक्रमका विधि सामाजिक विकास मन्त्रालयमा शपथ ग्रहण समेत गराइएको छ । भोलि सम्ममा नव नियुक्त अध्यक्ष तथा उपाध्यक्षहरूलाई जिल्ला समितिलाई पूर्णता दिन समेत बोर्डले निर्देशन दिएको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले भोलि बिहान १० बजे सम्ममा सबै जिल्लालाई पदाधिकारी सहित सबै सदस्यको नाम पठाउन निर्देशन दिइसकेको बताउनु भएको छ । बोर्डका अध्यक्ष समेत रहनु भएका सामाजिक विकास मन्त्री बल बहादुर सामसोहाङले प्रदेश १ मा खेलकुद क्षेत्रले फड्को मार्ने विश्वास व्याप्त गर्नु भयो ।

यस्तो छ १४ जिल्लाका अध्यक्ष उपाध्यक्षको विवरण

ताप्लेजुङ अध्यक्ष – मणि शकर पोमु

उपाध्यक्ष– रुपा लिम्बु

पाँचथर अध्यक्ष–  विनोद आङदेम्बे
उपाध्यक्ष–  शान्ति राई

इलाम- उमेश गुरुङ

उपाध्यक्ष- कुमारी राई

झापामा अध्यक्ष– चन्द्र प्रसाईँ

उपाध्यक्ष-  तुला प्रधान उप्रेती

मोरङ अध्यक्ष– रोहित कोइराला

उपाध्यक्ष-   शीतल राय

सुनसरी अध्यक्ष– घनश्याम बुढाथोकी

उपाध्यक्ष-  अन्जु पाण्डे

धनकुटा अध्यक्ष –   भोगचन्द्र थापा

उपाध्यक्ष-  चालु शेर्पा

तेह्रथुम अध्यक्ष – केशव भट्टराई

उपाध्यक्ष-  तारा कार्की गुरुङ

सखुवासभा अध्यक्ष – ध्रुव खड्का,

उपाध्यक्ष-  सुनिता गुरुङ

भोजपुर अध्यक्ष – प्रकाश बस्नेत

उपाध्यक्ष-  विनीता राई

खोटाङ अध्यक्ष – रमेश राई

उपाध्यक्ष-  पवित्रा माजु श्रेष्ठ

सोलुखुम्बु अध्यक्ष – डाकबहादुर रानापाल

उपाध्यक्ष –   डिक माया सुनुवार

ओखलढुङ्गा अध्यक्ष – नारायण काजी राई

उपाध्यक्ष-  मिना केसी

उदयपुर अध्यक्ष – सागर नेपाल

उपाध्यक्ष-  मनकुमारी राई नियुक्त हुनु भएको हो ।

मोरङका अध्यक्ष रोहित कोइरालाले पदभार ग्रहण गर्दै मोरङको खेलकुद क्षेत्रको विकासमा लाग्ने बताउनु भएको छ । उहाँले खेलकुद क्षेत्रका सवैको प्रतिनिधित्व हुनेगरि समितिको निर्माण हुने भन्दै आगामी दिनमा ऐतिहासिक कार्य गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र सवैले सहयोग गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।

Back to top button