विराटनगर विमानस्थल सफाइ सुरू‚ शनिबारदेखि सञ्चालन गर्ने तयारी

विराटनगर । बाढी पसेका कारण अवरूद्ध भएको विराटनगर विमानस्थल भोलि (शनिबार)देखि सञ्चालन हुने तयारी भइरहेको छ।

गतबुधबारदेखि डुबान भएको विमानस्थल आज सरसफाइ सकेर भोलि बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो ।

‘पानी घटिसकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उहाँले भन्नुभयो, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ’ उहाँले बताउनुभयो ।

Back to top button