अस्करको ९४ औं संस्करणका लागि नेपाल सहभागि नहुने

काठमाडौं । फिल्मको विश्व प्रतिष्ठित अस्कर अवार्डमा यसवर्ष नेपालबाट कुनैपनि फिल्मको सहभागिता नहुने भएको छ ।

फिल्म बुझाउने अन्तिम मिति हिजो बिहीबारसम्म कुनै पनि फिल्मले आवेदन नदिएपछि अस्करमा यसवर्ष नेपालको प्रतिनिधित्व नहुने भएको छ ।

अस्करको ९४ औं संस्करणका लागि असोज १९ गते नेपालको अस्कर कमिटीले अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्मको आवेदन खुलाएको थियो । यसवर्ष हल नखुलेकाले अनलाइन रिलिज भएका फिल्म पनि सहभागी हुन सक्ने मौका दिइएको थियो ।

द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइसेन्जले सन् २०२२ मार्च २७ तारिखमा अमेरिकाको लस एन्जल्सस्थित डल्बी थिएटरमा अस्करको ९४ औं संस्करण आयोजना गर्दैछ ।

Back to top button