प्रधानमन्त्री देउवा आज बाढी प्रभावित क्षेत्रको भ्रमणमा कैलाली र बर्दिया

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज कैलाली र बर्दियाको बाढी तथा डुबानमा प्रभावित क्षेत्रको निरीक्षण गर्दैहुनुहुन्छ ।

अभिरलवर्षाका कारण भएको क्षतिको निरीक्षण गर्न हिजो सुदूरपश्चिम पुग्नुभएको प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावित क्षेत्रको भ्रमण गर्ने र पीडितलाई भेट्ने हुनुभएको हो ।

उहाँले हिजो डोटी, बैतडी, बझाङ र डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको निरीक्षण भ्रमण गर्नुहुनेछ ।

निरीक्षण सकेर प्रधानमन्त्री देउवा नेतृत्वको टोली दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर हुनुहुन्छ ।

Back to top button