सीमावर्ति भारतीय बजार जोगबनीमा शव फेला, नेपालीको भएको आशंका

विराटनगर । सीमावर्ति भारतीय बजारमा बिहान फेला परेको शव नेपालीको भएको हुनसक्ने अनुमान गरिएको छ ।

रेल–वे स्टेसननजिक भेटिएको पुरुषको शव नेपाली नागरिकको भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । तर नेपाली नागरिककै भन्ने एकिन हुन नसक्दा शव अलपत्र परेको छ ।

करिब ४५ वर्षको पुरुषको शव केसलिया खोलाको बाढीले बगाएर ल्याएको हुनसक्ने भारतीय सुरक्षाकर्मीहरुको अनुमान छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनार्दन जिसीले शवका विषयमा बुझ्ने काम भइरहेको बताउनुभयो ।

मृतक नेपाली नागरिक भएको पुष्टी भए आवश्यक प्रक्रिया पूरा गरि शव नेपाल ल्याइने उहाँले बताउनुभएको छ ।

Back to top button