साम्राज्ञीको ‘माया पिरेम’ टिकटक बनाउनेलाई १ लाख पुरस्कार

काठमाडौ । ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको गीत ‘माया पिरेम’ मा टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार दिइने भएको छ । निर्माण पक्षका अनुसार हालसम्म २० लाखभन्दा बढी दर्शक पाएको यो गीतका क्लिपहरु ट्री इन्टरटेन्मेन्ट नामक टीकटक एकाउन्टमा राखिएको छ । आयोजकले कात्तिक २२ गतेसम्म टीकटक बनाउन सकिने समयावधि निर्धारण गरेको छ ।

प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौ हुनेले १५ हजार, सातौ हुनेले १२ हजार, आठौ हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

माइकल चन्दले निर्देशन गर्नु भएको गीतको भिडियोमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको साथमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभिनय रहेको छ ।

डीपी खनालको शब्द, शंकर स्माइलको संगीत रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।

Back to top button