रेवतीरमण भण्डारीकै अध्यक्षतामा नेकपा एमाले सुनसरी, भ्रममा नपर्न प्रचार विभागको आग्रह

सुनसरी । नेकपा एमाले सुनसरी रेवतीरमण भण्डारीकै अध्यक्षतामा रहेको प्रचार विभागले जनाएको छ ।

नेकपा एमाले सुनसरीका प्रचार विभाग प्रमुख रबि खनालले विज्ञप्ति जारी गर्दै नेकपा एमाले सुनसरी जिल्ला कमिटी रेवतीरमण भण्डारीको अध्यक्षतामा नै क्रियाशिल रहेको र यसैलाई केन्द्रिय कमिटी र कार्यालय समेतले मान्यता दिएको दावी गरिएको छ ।

प्रदेश कार्यदल र नेकपा एमाले प्रदेश कमिटीको सचिवालयको विस्तारित बैठकको निर्णय भनि केन्द्रिय कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौला र प्रदेश कमिटी सदस्य  रमेश कुमार बस्नेतले विज्ञप्ति जारी गरेपछि प्रचार विभागले विज्ञप्ति जारी गर्दै प्रष्ट्याएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘…जिल्ला अध्यक्ष भनि दस्तखत गरि २०७८ साल कात्तिक ३ गते जारि गरिएको विज्ञप्तिप्रति जिल्ला कमिटी सुनसरीको गम्भिर ध्यानाकर्षण भएको छ । सम्पूर्ण ब्यहोरा, झुठा, भ्रामक र तथ्यहिन भएको ब्यहोरा सम्पूर्ण पार्टी सदस्यलाई जानकारी गराइन्छ ।’

भण्डारी नेतृत्वको नेकपा एमाले सुनसरी जिल्ला कमिटीले पार्टी कामलाई ब्यवस्थित गर्न काम गर्दै आइरहेको उल्लेख गर्दै झुठा र भ्रमपूर्ण विज्ञप्तिबाट अलमलमा नपरी आगामी कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिकास्तरीय अधिवेशनलाई सम्पन्न कार्यकर्ता तथा पार्टी सदस्यलाई आग्रह गरिएको छ ।

Back to top button