भारतको जोगबनीमा नेपालीको शव फेला

विराटनगर । सीमावर्ति भारतीय बजार जोगबनीमा शुक्रबार एक नेपाली नागरिकको शव फेला परेको छ । जोगबनीमा फेला परेको शव विराटनगर ५ कोचाखालका ४५ वर्षीय संजय राईको भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो ।

राईको शव भारतीय सुरक्षाकर्मीले जोगबनीस्थित रेल–वे स्टेसननजिक फेला पारेको प्रहरी उपरीक्ष्ँक जिसीले बताउनुभयो । अहिले घट्ना प्रकृति हेर्दा बाढी बगाएको हुन सक्ने देखिन्छ तर घटनाको वास्तविकता छानविनपछि मात्रै भन्न सकिने उहाँको भनाई छ ।

Back to top button