एमाले उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने

काठमाडौँ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गर्नु भएको छ ।

आजको स्थायी कमिटी बैठकमा उहाँले राजीनामाको घोषणा गर्नु भएको छ । माधव नेपालको नयाँ पाटीमा नगई एमालेका बस्नुभएका रावलले १० बुँदे सहमति कार्यान्वयन गर्नु पर्ने बताउँदै आउनु भएको छ ।

एमाले अध्यक्ष ओलीले १० बुद्धेको एक तारे बजाउनु नहुने बताएपछि एमाले भित्र विवाद बल्झिएको हो । रावलले भने लिखित रूपमा भोलि राजीनामा दिने बताउनु भएको छ ।

Back to top button