२०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू एमालेको महाधिवेशन प्रतिनिधि बन्न पाउने

काठमाडौँ । नेकपा एमालेको आज बसेको पार्टी स्थायी कमिटी बैठकले  २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू महाधिवेशन प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ।
२०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेका तथा नवीकरण गराएकाहरू प्रतिनिधि बन्न पाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो  ।
यस्तै चितवनमा हुने महाधिवेशनको निर्वाचन प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय पनि भएको छ ।  प्रतिनिधिको मापदण्डका साथै आवश्यक थप निर्णय गर्न कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय समितिको बैठक एमालेले बोलाएको छ ।
 महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी सङ्गठनका प्रतिनिधि र देशभित्रका राजनीतिक पार्टीलाई निमन्त्रणा गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

Back to top button