प्रदेश १को केहि स्थानमा वर्षाको सम्भावना,कृषिजन्य कार्य गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेक अन्य प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ
प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली भने नरहेको मौसमविद्ले जानकारी दिएका छन्। अहिले प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक / दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ

Back to top button