एमाले अहिले पनि सबैतिर पहिलो शक्ति हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एक्लै सबै तहमा शानदार बहुमत ल्याउने गरी पार्टीले तयारी गरेको बताउनुभएको छ ।

सरकारबाट हटेपछि एमाले कमजोर भयो भनेर चलाइएको स्याल हुँइया आफैं कमजोर बनेको उहाँको भनाई छ । एमालेको देशब्यापी वडा अधिवेसनको भर्चुअल उद्घाटन गर्दै ओलीले जनताले पत्याएको सबैभन्दा बलियो शक्ति एमाले नै भएको दावी गर्नुभएको थियो।

संघीय संसद तथा सबै प्रदेशमा एमाले नै पहिलो शक्ति भएको उहाँले बताउनुभयो । ओलीले भन्नुभयो, ‘एमालेलाई सरकारबाट हटाएपछि हल्ला चल्यो, अब एमाले समाप्त भयो भनेर । एमाले युगको अन्त्य भयो र नयाँ युग आयो भनेर भ्रमपूर्ण स्यालहुइया चलाइए । तर, ती हल्लाहरु बेकारका पानीका फोका सावित भएका छन् ।’

उहाँले भन्नुभयो, ‘हामीलाई बदनाम र चरित्रहत्या गर्न खोजियो । विभिन्न लान्छना लगाइयो । लड्डु खाने जमाना चल्यो । एमालेको पराजित भयो एमाले सिध्याइयो भनेर विजयोत्सव मनाइएयो । अविर जात्रा गरियो । तर, अहिले पनि तुलना नै गर्न नसक्नेगरी हामी देशको पहिलो शक्ति हौं ।’

Back to top button