अमेरिकी राष्ट्रपतिलाई चीनको चेतावनी : शव्द चयनमा सतर्कता अपनाइयोस

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको अभिव्यक्ति प्रति चीनले प्रतिकृया जनाउदै बिरोध जनाएको छ । बाइडेनले ताइवानको रक्षा गर्न अमेरिका तयार रहेको अभिव्यक्ति दिएपछि चीनले ताइवानका विषयमा बोल्दा सतर्कता अपनाउन चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको प्रष्ट्याउनुभएको छ ।

उहाँले ताइवानका विषयमा जथाभाबि प्रतिकृया दिँदा अमेरिका र चीनको सम्बन्धमा क्षति पुग्ने र ताइवानमा शान्ति तथा स्थिरता भंग हुनसक्ने बताउनुभएको छ ।

नियमित प्रेस ब्रिफिङमा वेनबिनले ताइवान चीनको अविवादित अंग रहेको र चीनको यो आन्तरिक मामिला भएको भन्दै यसमा कुनै पनि विदेशी दखल आवश्यक नरहेको बताउनुभएको छ ।

Back to top button