कपिलवस्तुमा फेरी फैलियो झाडापखाला

कपिलवस्तु। कपिलवस्तु कृष्ण नगरबाट फैलिएको झाडापखाला दसैँअघि केही कम भए पनि अहिले अन्य ३ पालिकामा पनि फैलिएको छ । दसैँको १० दिनअघि कपिलवस्तुको कृष्ण नगर नगरपालिकामा यसको प्रकोप सुरु भएको एक सातापछि केही कम भए पनि दसैँ पछाडि दिनहुँ बिरामी बढ्न थालेका हुन् ।
दसैँअघि कृष्ण नगरमा मात्र देखिएको यसको प्रकोप अहिले शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका र विजयनगर गाउँपालिकामा फैलिएको स्थानीय स्वास्थ्यकर्मीहरुले बताएका छन्  ।
शिवराज, महाराजगन्ज र विजय नगरका बिरामी बढी आउन थालेका छन् । दैनिक ४५ देखि ५० जना बिरामी आउन थालेका स्वास्थ्यकर्मी विष्णु पौडेलले जानकारी दिनुभयो ।
असोजको १८ गतेदेखि झाडापखालाको प्रकोप फैलिएकोमा त्यो दिन शिवराज अस्पतालमा उपचार गर्न जाने बिरामीको सङ्ख्या ३ सय ९८ सम्म पुगेको थियो ।  दसैँ भन्दा एक–दुई दिन अगाडि १० देखि १५ जनासम्म मात्र पुग्ने गरेका थिए । तर दसैँ सकिए लगत्तै फेरि बिरामीको सङ्ख्या बढ्न थालेको हो ।

Back to top button