उर्लाबारीको चार वटा वडामा एमालेको वडा अधिवेशन सम्पन्न

उर्लाबारी । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिबेशन अन्र्तगत आज उर्लाबारीका ४ वटा वडामा प्रथम वडा अधिबेशन सम्पन्न भएको छ ।

उर्लाबारीमा आज वडा नम्बर ४, ५, ८ र ९ को नयाँ नेतृत्व चयन गर्दै वडा अधिबेशन सम्पन्न भएको छ । उर्लाबारी ५ मा संजिव सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित भएको हो ।

कमिटिको उपाध्यक्षमा राजन फुयाल, सचिवमा सम्झना खतिवडा आचार्य, सहसचिवमा कुमार सुबेदी र मेनुका गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै, नगर प्रतिनिधिमा डिल्लीप्रसाद काफ्ले, भिमप्रसाद भट्टराई, विशाल गुरुङ, रामप्यारी तामाङ, सुमन घिमिरे, सरोज पोख्रेल, गोविन्द सुबेदी, तिलक पाण्डे, हेमन्त भट्टराई, कमला भट्टराई, ज्ञानेन्द्र शाक्य, सुशिला पोडेल, योगराज लाबुङ र गुणराज भट्टराई सर्वसम्मत चयन हुनुभएको एमाले नेता चेतन सिग्देलले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर ४ को अध्यक्षमा दुर्गाराम कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ । वडा कमिटिको उपाध्यक्षमा ममता पाण्डे बुढाथोकी, सचिवमा होमनाथ सापकोटा, सहसचिवमा अमृता दास र रामु तिवारी सर्वसम्मत चयन हुनुभएको हो । नगर प्रतिनिधिमा ३४ जना सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै, उर्लाबारी ८ को वडा कमिटी अध्यक्षमा अग्नी सुब्बा सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा ऋतुमान बस्नेत, सचिवमा सुनिल धिमाल, सहसचिवमा चन्द्रा डाँगी र प्रज्वल गौतम सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै, उर्लाबारी वडा नम्बर ९ को वडा कमिटी अध्यक्षमा भिमकुमार फ्याक (कुमार) सर्वसम्मत निर्वाचित हुनुभएको छ । वडा कमिटिको उपाध्यक्षमा गणेशमणि पौडेल ,सचिवमा देवीप्रसाद तिम्सिना, सहसचिवमा दिपा श्रेष्ठ र खगेन्द्रबहादुर भुजेल सर्वसम्मत निर्वाचित हुनुभएको एमाले नेता सुरेन्द्र शेर्माले जानकारी दिनुभयो । नगर प्रतिनिधिमा भने २१ जना चयन हुनुभएको छ ।

Back to top button