बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

विराटनगर । आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनको लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित रूपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको हो ।

६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ । करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ ।

Back to top button