मुस्ताङबाट छायाँकन सुरु गर्दै ‘कबड्डी ४ ः द फाइनल म्याच’

काठमाडौं । फिल्म ‘कबड्डी ४ ः द फाइनल म्याच’ को छायाँकन सुरु भएको छ । फिल्मको छायाँकन हिजोदेखि मुस्ताङबाट सुरु भएको हो । फिल्मका सबै युनिट शुक्रबार मुस्ताङ पुगे पनि छायाँकन भने हिजोबाट सुरु गरिएको हो । फिल्म ‘कबड्डी’ श्रृंखलाको अन्तिम सिरिज हो । अघिल्ला तीन सिरिजको छायांँकन पनि मुस्ताङमै भएको थियो ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय छ । गौमाया यसै फिल्म मार्फत डेब्यू गर्दैछिन् । यो पटक फिल्मको ‘मैयाँ’ को भूमिकामा मिरुना मगर अभिनय देखिने निर्माण युनिटले जनाएको छ ।

बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको उक्त फिल्मको कथा निर्देशक गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर लेख्नु भएको हो। मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि। कार्कीको छायांँकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्म आगामी नयाँ बर्षमा प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ ।

Back to top button