वडा नं ९ को अधिवेशनमा अन्ताज हुसेन सर्वसम्मत वडा अध्यक्षमा चयन

मोर­ङ्ग । नेकपा एमाले विराटनगर महानगरपालिका– ०९ को वडा अध्यक्षमा अन्ताज हुसेन सर्वसम्मत चयन हुनु भएको छ । शनिबार भएको वडा अधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा चयनहुनु भएको हो ।

नवगठित वडा कमिटिको उपाध्यक्षमा ममता दास, सचिवमा मयुर अग्रवाल, सह( सचिवमा जोर्डन प्रधान र राजेश कुमार भगत चयन हुनु भएको छ ।

अधिवेशनले ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।त्यसैगरी यस वडा अधिवेशनमा प्रमुख अतिथीको रुपमा नेकपा एमालेको केन्द्रीय सल्लाहकार लव प्रधान को उपस्थिती थियो भने विशिष्ट अतिथिमा नेकपा एमाले मोरङ्ग जिल्ला कमिटीको उपाध्यक्षमा राम लाल साह उपस्थिती थियो। नेकपा एमाले विराटनगर महानगरपालिका– ०९ को वडा अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

Back to top button