केतन क्षेत्रीको स्वरमा रहेको ‘परदेशी आयो’

काठमाडौं । गायक केतन क्षेत्रीको स्वरमा समावेश ‘परदेशी आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा नायक विपिन कार्कीको अभिनय रहेको छ ।

उक्त गीतले विदेश गएको एक युवाको कथालाई गित मार्फत देखाइएको छ । प्रकाश सापकोटाको शब्द रहेको गीतमा सुवास भुषालको संगीत रहेको छ ।देवेन्द्र नेपालको निर्देशनमा तयार भएको भिडियोमा विपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्माको अभिनय रहेको छ ।

दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गर्नु भएको उक्त भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

Back to top button