टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज आज भारत र पाकिस्तानबीच खेल हुँदै

काठमाडौँ । टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७ः४५ बजे हुनेछ । भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण उनीहरुबीच हुने खेल चौतर्फी चासोको केन्द्रमा पर्दै आएको छ ।

दुबै टिमबीचको भिडन्त आईसीसी र एसीसीको प्रतियोगिताबाहेक हुने गरेको छैन ।

टी(ट्वान्टी फर्म्याटमा यी दुई टोलीबीच सन् २०१६ पछि आज खेल हुन लागेको हो । सन् २०१६ को टी–ट्वान्टी विश्वकपमा भारले पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

Back to top button