इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ ।

गएराति भएको खेलमा सिटीले ब्राइटनलाई ४–१ गोलले हराएको हो । सिटीको जितमा फिल फोडेनले दुई गोल गर्नु भएको हो । इल्के गुन्डोगान र रियाद महरेजले एक एक गर्नु भएको हो । ब्राइटनका लागि एलेक्सिस माकले एक गोल गर्नु भएको हो ।

जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ । ब्राइटनले १५ अंक जोडेको छ ।

 

Back to top button