एमालेले मोरङको १३ पालिका अधिवेशन सम्पन्न गराउन नेताहरुलाई जिम्मेबारी तोकियो (कुन पालिकामा कुन नेताको जिम्मेबारी सूचीसहित)

विराटनगर । नेकपा एमाले मोरङले जिल्लास्थित १३ पालिकामा पालिकास्तरीय अधिवेशन सम्पन्न गराउन नेताहरुलाई जिम्मेबारी तोकेको छ । एमालेका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले नेताहरुको जिम्मेबारी तोक्नु भएको हो ।

विराटनगर महानगरमा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकाल, रतुवामाईमा जिसस संयोजक नरेश पोखरेल, बेलबारीमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकाललगायतका नेताको नेतृत्वमा नेताहरुलाई अधिवेशन सहजीकरणका लागि जिम्मेबारी तोकेको अध्यक्ष पोखरेलले बताउनु भयो ।

Back to top button