महोत्तरीको मनरा सिस्वा नगरपालिका १० को वडाध्यक्षको मतपरिणाममा चार वर्षपछि उल्टीयो

महोत्तरी । महोत्तरीको मनरा सिस्वा नगरपालिका १० को वडाध्यक्षको मतपरिणाममा चार वर्षपछि उल्टीएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको चार वर्षपछि अदालतको आदेशबाट आज पुनः मतगणना हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी हुनु भएको छ ।

चार वर्ष वडा चलाउनु भएका वडाध्यक्ष अरुणकुमार चौधरी पुनः मतगणनाबाट पराजित हुनुपरेको छ । चौधरीले नेपाली कांग्रेसबाट जित्नु भएके थियो । उच्च अदालत जनकपुरमा पुनः मतगणना हुँदा चौधरीको २६७ मत मात्र आयो । २६९ मत ल्याएर स्वतन्त्र उम्मेदवार राय निर्वाचित हुनु भयो ।

०७४ सालको चुनावपछि भएको मतगणनामा दुबै उम्मेदबारको समान २६७ मत आएको भनिएको थियो । समान मत आएपछि गोलाप्रथा गरी कांग्रेस उम्मेदबार चौधरीलाई निर्वाचित गरियो । तर, धाँधली भएको भन्दै उम्मेदवार राय अदालतमा जानु भएको थियो ।

Back to top button