हेलिकप्टरमा सरर देउवा, बाडीपीडितले देख्नै पाएनन् प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी कर्मचारीबाट  बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझेर फर्कनु भएको छ ।
प्रदेश १ का  बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न उहाँ आज मोरङ, सुनसरी, इलाम र पाँचथर आउनु भएको थियो ।
प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय गरे पनि उहाँ पीडितलाई नभेटी हेलिकप्टरबाट प्रभावित क्षेत्रमा घुम्नु भएको थियो ।
देउवाले सशस्त्र प्रहरी बल पलकीमा सप्तरी सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट ती जिल्लाको वस्तुगत अवस्थाको तथ्याङ्क लिनुभएको थियो भने उहाँले प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका मुख्य सचिव वाट पनि प्रदेशको अवस्था बुझ्नु भएको थियो।
विराटनगर विमान स्थलमा मोरङका प्रमुख जिल्ला अधिकारी बाट उहाँले मोरङका पिडितको अबस्था बुझनु भएको थियो । यसैगरी अन्य जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी मार्फत जिल्लाको वस्तुगत अवस्थाको तथ्याङ्क लिनुभएको थियो ।
उहाँले बाढी प्रभावितको अवस्था बुझेर काठमाडौँ फर्केर राहत प्याकेज घोषणा गर्ने बताउनु भयो ।
डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री देउवा सँगै उर्जामन्त्री पम्फा भुसाल, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ आउनु भएको थियो ।

Back to top button