तीन हजार माओवादी कार्यकर्तासहित दुर्गा प्रसाई एमाले प्रवेश

झापा । बिर्तामोडका व्यवसायी दुर्गा प्रसाई तीन हजार माओवादी कार्यकर्तासहित एमाले प्रवेश गर्नु भएको छ ।
आज बिर्तामोडमा आयोजित कार्यक्रममा व्यवसायी प्रसाई सहित माओवादी कार्यकर्ता लाई  एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गर्नु भएको थियो ।
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको थियो ।

Back to top button