प्रदेश १का उच्च पहाडी तथा हिमाली भूभागका हिमपात सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, २, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

सोमबार राति गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १,बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । मंगलबार तराईका भूभागमा मौसममा केही सुधार आउनेछ । देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Back to top button