कोरोनाविरुद्धको एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाबिरुद्धको १ लाख ६२० डोज फाइजर खोप आज आइपुगेको छ । अमेरिकी दूतावासले समाजिक सञ्जालमार्फत १ लाख ६२० डोज फाइजर खखोप आज काठमाडौ आइपुग्नेको जनाएको हो ।

अमेरिकाले यसअघि अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनिको १५ लाख खोप नेपालीले लगाइसकेका छन् ।

यसैबिच स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारीसमेत गरेको छ । खरिद गर्न लागेको खोप १२ वर्ष भन्दा माथि उमेर समुहलाई लगाउने सरकारको तयारी छ । कार्तिक २८ गते देखि फाइजर खोप लगाउने तयारी छ ।

Back to top button