बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

काठमाडौं । गएराति भएको ला लिगाअन्तरगतको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २–१ गोलअन्तरले हराएको हो । सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ ।

खेलको पहिलो हाफको ३२ औँ मिनेटमा डेभिड आलाबाले गोल गर्दै रियललाई अग्रता दिलाउनु भएको हो । क्लासिकोमा उहाँको यो पहिलो गोल हो । उहाँ यो सिजनको सुरुवातमा बायर्न म्युनिखबाट रियलसँग अनुबन्ध हुनु भएको हो । दोस्रो हाफको इन्जुरी समयमा लुकास भाज्क्वेजले गोल गर्दै रियलको जीत सुनिश्चित गर्नुभयो ।

इन्जुरी समयको अन्तिम मिनेटमा सर्जियो अगुएरोले एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोलमात्र बन्न पुग्यो । जीतसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ भने बार्सिलोना लिगको आठौँ स्थानमा सिमित बनेको छ ।

Back to top button