कोरोनाबाट थप १३ जनाका मृत्यु, ७७६ संक्रमित

काठमाडौं । गत २४ घण्टाभित्र कोरोनाभाइरसबाट १३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ११ हजार ३६१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना संक्रमित थपिएका छन् भने ५०१ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ७२९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ११८ जना पुगेको छ ।

यस्तै हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेको छ ।

Back to top button