प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारी बिच आगामी चुनावका बारेमा छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीले आगामी चुनावका बारेमा छलफल गर्नु भएको छ ।

आउँदो फागुन २१ बाट रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनको मिति तोक्नेलगायत विषयमा छलफल भएको जनाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा मन्त्री पम्फा भुसाल, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलगायतसँग छलफल गर्नु भएको थियो ।

स्थानीय तहको निर्वाचनबारे पनि कुराकानी भएको जनाइएको छ । आयोगले चैतभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको थियो।

साथै प्रतिनिधि सभामा रिक्त चार सदस्य, प्रदेश सभामा रिक्त १८ सदस्य पदमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको आयोगले जनाएको छ।

Back to top button