पाँचथरमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

विराटनगर । पाँचथरको फिदिम नगरपालिका–५ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका थिए ।

प्रहरी अनुसार पाँचथरबाट झापा आउँदै गरेको को१ख ३८६५ नम्बरको यात्रुवाहक बस फिदिम नगरपालिका–५ मा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमीला देवान, उहाँकै ७ महिने छोरा निश्चल देवान तथा पाँचथरकी आशिका बुढाथोकी मगरको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

दुर्घटना गम्भीर घाइते भएका ११ जनालाई उपचारका लागि झापा पठाइएको छ । बाँकीको पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । के हिको नेपाल सेनाको हेलिकप्टरमार्फत विराटनगरका अस्पतालमा समेत ल्याइएको छ ।

Back to top button