धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानबालीमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलमा कृषि मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

Back to top button