एमालेको पालिका अधिवेशन आज , मोरङका ५ पालिकमा भने नहुने

विराटनगर । नेकपा एमालेले आज पालिका अधिवेशन गर्दै छ ।  अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्ने नेकपा एमालेले जनाएको छ ।एमालेले पालिकामा अध्यक्षलगायत पदाधिकारी र सदस्य चुन्नेछ।
एमालेले गत कात्तिक ६ मा वडा अधिवेशन गरेको थियो।करिब छ हजार वडामा अधिवेशनबाट नयाँ नेतृत्व आइसकेको दाबी एमालेले गरेको छ भने बाँकी वडाहरूमा यही कात्तिक १५ भित्र वडा अधिवेशन गरिसक्ने बताएको छ।एमालेले दसौँ केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ।
यस्तै मोरङमा ५ वटा पालिकमा भने एमालेले आज अधिबशेन नहुने भएको छ । उर्लाबारी,लेटाङ,सुनवार्षी,धनपाल,जहदाँ गाँउपालिकमा तयारी नसकिएकोले केही समय पछि गरिने नेकपा एमाले मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले बताउनु भयो ।
उर्लाबारी र लेटाङमा कात्तिक १२ गते गर्ने मति तय गरे पनि अन्य पालिकामा भने केही समय पछि मात्रै मिति तय गरिने एमाले मोरङले जनाएको छ । १३ पालिकामा भने सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष पोख्रेलले बताउनु भयो ।

Back to top button