प्रभु साहले नेकपा ब्युँताउँदै

काठमाडौं । सत्ता प्राप्तीको खेलमा लागेर माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साहले नेकपा ब्युँताउन लाग्नुभएको छ । उहाँले आफ्नो अध्यक्षतामा ५१ सदस्यीय केन्दीय कार्य समितिसमेत तयार गरिसक्नु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको ८ बुँदे माग पूरा नगरी खल्तीका नेतालाई टिपेर पद बाँड्नृ नीति लिएकाले नेकपा ब्युँताउन लागेको साह निकट एक नेताले बताउनुभयो । उहाँले अब चाँडै पार्टीको घोषणा गर्ने तयारी गरेको बताउनुभयो ।

नेकपा ब्युँताउँदा एमाले र माओवादीमा रहेका केही नेताहरुले साथ र सहयोग गर्ने भएको छ । पुनर्गठित नेकपा पूर्व सांसदहरुको ठूलो समाज रहेको एक नेताको भनाई छ ।

पर्साका पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए । आइटी आर्मीको ब्यानरमा प्रदेश २ मा विभिन्न कार्यक्रमहरु गरेका उनले यसमार्फत सातै प्रदेशमा नेटवर्क बनिसकेको बताउँदै अब देशैभरि नेकपा पुनर्जाग्रित गर्ने लाइन लिएको स्रोतले बतायो ।

Back to top button