कंगना रनावतलाई सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार

काठमाडौं ।अभिनेत्री कंगना रनावतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गर्नुभएको छ । हिजो विज्ञान भवनमा आयोजित ६७ औं राष्ट्रिय पुरस्कार समारोहमा कंगनालाई ‘मणिकर्णिका र ‘पंगा’ अभिनय कारणले उक्त अवार्ड दिइएको हो ।

उपराष्ट्रपति वेंकैया नायडू, सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले नगद र पुरस्कार वितरण गर्नुभएको समारोहमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको फिल्म ‘छिछोरे’ ले सर्वश्रेष्ठ हिन्दी फिल्मको पुरस्कार प्राप्त गर्यो ।

फिल्मका निर्देशक नितेश तिवारी र निर्माता साजित नाडियाडवाल सम्मानित हुनु भयो । सोही अवसरमा अभिनेता मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’ बाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गर्नुभएको छ ।

Back to top button