समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य एमाले नेतृत्वको सरकारले मात्रै पूरा गर्छ : शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोेखरेलले समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य एमाले नेतृत्वको सरकारले मात्र पुरा गर्ने बताउनुभएको छ ।

केपी ओलि नेतृत्वको सरकारले गरेको विकास र देखाएको ‘भिजन’ले नै पुष्टि गर्ने भन्दै उहाँले वर्तमान सरकारको चरित्र सम्पूर्ण नेपालीले बुझिसकेको बताउनुभयो ।

नेकपा एमाले विराटनगर महानगर कमिटीको प्रथम अधिवेशनलाई संम्वोधन गर्दै उहाँले अगिल्लो सरकारले थालेका १४ सय सडक खारेज गर्ने, सुकुम्वासी तथा भूमीहिन आयोग खारेज गर्ने निर्णयले वर्तमान सरकारको उद्देश्य प्रष्ट भएको बताउनुभयो ।

स्वार्थले भरिपूर्ण गठबन्धनको सरकारले हिजो लडाकुको नाममा आएको पैसा कुम्ल्याएझैं सडक निर्माण गर्ने पैसा दशैमा गरिब जनतलाई १० हजारका दरले बाडने भन्दै अहिले सम्म नबाँडेकोमा आशंका ब्यक्त गर्नुभयो ।

नेता पोखरेलले केपी ओली नेतृत्वको सरकारले देखाएका बाटोमा हिड्ने बाहेक यो सरकारको क्षमता नभएको भन्दै देश र जनताको हितका निम्तिमा एमाले नेतृत्वकै सरकार आवश्यक रहेको सवै जनताले बुझिसकेको दावी गर्नुभयो ।

उहाँले एमाले नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खेलकुद, विद्युतलगायतका तमाम क्षेत्रमा गरेको काम अहिलेसम्मकै ऐतिहासिक भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रियस सदस्य तथा प्रदेश कमिटी सचिव विनोद ढकालले विराटनगरले राजनितिक, आर्थिक, सामाजिक सवै क्षेत्रको नेतृत्व गर्दै आइरहेकाले महानगरको अधिवेशनले विशेष महत्व राख्ने भन्दै सर्वसहमत नेतृत्व चयनमा ध्यान दिन जोड दिनुभयो । विराटनगर महानगर अधिवेशन भोली नयाँ नेतृत्व गर्दै सम्पन्न हुने बताइएको छ ।

Back to top button