आज पनि सर्वोच्चमा मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण आज पनि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज ७ वटा संयुक्त र एउटा एकल इजलास तोक्नुभएको थियो । तर कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुनसकेन ।

प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उहाँलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरेको भरमा राजिनामा नदिने जवाफ दिनुभएको छ ।

आजै सर्वोच्चका न्यायाधीशहरु पुनः छलफलमा भएको र उक्त छलफलले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने निश्कर्ष निकालेको एक न्यायाधीशले जानकारी दिनुभयो ।

सर्वोच्चमा आज प्रधानन्यायाधीशबाहेक १५ न्यायाधीशको उपस्थिति रहेको थियो । सर्वोच्च अदालतका न्यायाधीशले हिजोदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गर्दै आएका छन् ।

Back to top button