मलेसिया जानेहरुका लागि बाटो खुल्यो

काठमाडौं । मलेसियाको रोजगारीको बाटो खुला भएको छ। २०७५ जेठ २ गतेदेखि नेपालीहरू मलेसिया जान पाएका थिएनन्।

बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको थियो तर पनि म्यानपावर कम्पनीले कामदार पठाउन सकेका थिएनन्। त्यसलगत्तै महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण मलेसिया रोजगारीको बाटो पुन रोकिएको थियो।

हाल मलेसियाले विदेशी कामदार लिने निर्णय गरेसँगै नेपालीका लागिसमेत बाटो खुला भएको हो।

काठमाडौंस्थित मलेसियाको दूतावाासले विज्ञप्ति जारी गर्दै महामारीका कारण लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएको छ।

मलेसिया प्रवेशका लागि निश्चित मापदण्ड भने तोकिएको छ। मलेसिया जानेले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्नेछ।

Back to top button