एमाले पालिका अधिवेशन – मोरङका ८ पालिकामा सर्वसम्मत, अन्यमा सहमति जुटाउने प्रयास

विराटनगर । मोरङमा एमालेको ८ पालिकामा आज नेतृत्व चयन भएको छ । बाँकी पालिकाहरूमा पनि सर्वसम्मत नेतृत्व चयको प्रयास भइरहेको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेसनअन्तर्गत हिजो देशभर पालिका अधिवेशन भएको थियो ।

गतकात्तिक ६ गते वडास्तरिय अधिवेशनपछि पालिकाको अधिवेशन भएको हो । हिजो सम्पन्न भएको मिक्लाजुङ गाउँपालिकाको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । बुद्धिमान लिम्बु अध्यक्ष रहेको समितिको उपाध्यक्षमा बृद्धिलाल निरौला, सचिवमा नगिन्द्र कार्की (नविन), सहसचिवमा चन्द्र लिम्बु र बबिता ढकाल निर्वाचित हुनुभएको छ ।

यसैगरि केराबारी गाउँपालिका कमिटीको अध्यक्षमा पुरण मगर निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा राकेश राई, सचिवमा भीम कार्की, सहसचिवमा वविता राई र चरण मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । रतुवामाईमा पनि देवी दाहालको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रचन्ड नेकपा एमाले र माओवादीलाई अदालतले विघटन गरेपछि बनेको नगर कमिटीको अध्यक्ष समेत हुनुभएको थियो । यस्तैे उपाध्यक्षमा कृष्ण ढकाल, सचिवमा नेवालाल राजवंशी, सहसचिवमा हरि श्रेष्ठ र हेमु कार्की रहेका छन् । रंगेलीमा पनि रंगेली नगर कमिटी अध्यक्षमा दलबहादुर बस्नेत, उपाध्यक्षमा जितलाल मण्डल, सचिवमा सन्तलाल खवास, सहसचिवमा यसोदा कोइराला र कृष्ण ठाकुर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पथरी शनिश्चरे नगरपालिकामा पनि हिजो नै सम्पन्न पथरी शनिश्चरे नगर कमिटीको अध्यक्षमा रमेश दाहाल, उपाध्यक्षमा उमनाथ अधिकारी, सचिवमा भीम राई, सहसचिवमा एलबी भण्डारी र रुक्मणी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सुन्दरहरैचा नगरपालिकामा सुन्दरहरैचा नगरममिटी अध्यक्षमा मात्रीका ढकाल र सचिवमा सन्तोष घिमिरे सर्वसम्मत निर्वाचित हुनुभयो ।

घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्य र मोरङ जिल्ला अध्यक्ष समेत हुनुभएको छ । यस्तै नगरममिटीको उपाध्यक्षमा अकली चौधरी, सहसचिवमा डिल्ली लुइटेल र डिल्ली ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । ग्रामथान गाउँपालिकामा पनि कमिटीको अध्यक्षमा कुमार आचार्य, उपाध्यक्षमा अगरवती माझी, सचिवमा सत्यनारायण माझी, सहसचिवमा किसन सरदार र नविन मण्डल सर्वसम्मत चयन हुनुभएको छ ।

कटहरी गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । कमिटीको अध्यक्षमा रामनारायण राजवंशी, उपाध्यक्षमा सुमनकुमारी सरदार, सचिवमा मनोज माझी, सहसचिवमा यादव अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको जनाइएको छ । विराटनगर महानगरपालिकामा पनि हिजो नै सुरु भएको विराटनगर महानगरको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि खुल्ला सत्र सकेर बन्द सत्र रोकिएको थियो ।

अध्यक्षमा दुई जना आकाङ्क्षी भए पनि सर्वसम्मत गर्न नसकेको स्रोतको भनाई छ । महानगरको अध्यक्षमा वर्तमान अध्यक्ष सागर थापा र पर्शुराम बस्नेत, उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा राधेश्याम कट्टेल, मीनकुमार आचार्य र रोहित कोइराला आकांक्षी देखिनुभएको छ ।पार्टी नेताहरुले सर्वसम्मतका लागि प्रयास गरे पनि सहमति नजुटेपछि आज बिहान १० बजे बन्द शत्र शुरु हुनेगरी अधिवेशन स्थगित गरिएको थियो ।

बुढीगंगा गाउँपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी, नगरपालिकामा भने समय अभावका कारण बन्दसत्र आज विहान १० बजेदेखि सुरु हुने बताइएको छ । अधिवेशनको उद्घाटन सम्पन्न भइसकेका ती पालिका कमिटीहरुको आज हुने बन्दसत्रले नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।

बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोको प्रभाव देखाउँदै एमाले मोरङले यस अघिनै सुनवर्षी, धनपालथान, जहदा, उर्लाबारी र लेटाङको स्थगित गरेको थियो । ती पालिकाहरुमा आगामी कात्तिक १३ गते गाउँ तथा नगर अधिवेशन सम्पन्न हुने जनाइएको छ ।

Back to top button