धोनीको कीर्तिमान तोडदै शोएब मलिक

काठमाडौं । भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई उत्कृष्ट फिनिसर मानिन्छ । उहाँले टी–२० क्रिकेटमा लक्ष्य पछ्याउँदा २० रनको अपराजित इनिङ्स खेल्नु भएको हो । धोनीको उक्त कीर्तिमान पाकिस्तानी खेलाडी शोएब मलिकले तोडनुु भएको छ।

मलिकले न्युजिल्यान्डविरुद्ध २६ रनको अपराजित पारी खेल्दै उक्त कीर्तिमान तोडनुु भएको हो। उहाँ मंगलबार न्युजिल्यान्डविरुद्ध लक्ष्य पछ्याउँदै २१ पटक नटआउट फर्किएपछि धोनीलाई ओभरटेक गर्न सफल हुनु भएको हो ।

लक्ष्य पछ्याउने क्रममा धोनीले अन्तिम चार ओभरमा कुल १ सय ८९ बल सामना गर्दै २ सय ९५ रन बनाउनु भएको थियो । उहाँले १५६।०८ को स्ट्राइक रेट र ४९।१७ को औसतमा रन बनाउनु भएको थियो ।

Back to top button